शेयर बजारमा देखियो उत्साहः बीमा, जलविद्युत र विकास बैंक समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौँ । शेयर बजारमा आज भने उत्साह देखिएको छ । साताको पहिलो दिन हिजो ५.६६ अंकले बजार घटेको भए पनि आज भने दोहोरो अंकले बढेको हो । आज दोहोरो अंकले बजार बढेको भए पनि कारोबार रकम भने हिजो भन्दा घटेको छ । हिजो १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपियाँ बराबरको कारोबार भए पनि आज भने ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपियाँ बराबरको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार १३.५८ अंकले बढेको हो । ०.८७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७०.३८ अंकमा उक्लिएको छ । आज १८९ कम्पनीका ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच भएका हुन् ।  

Advertisement

आज ट्रेडिङबाहेक अरु सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह भने १.६९ अंकले घटेको हो । बजार दोहोरो अंकले बढेको दिन आज बीमा समूहमा उत्साह छाएको छ । निर्जीवन बीमा समूह ९९.५२ अंक र जीवन बीमा समूह ५०.५९ अंकले बढेका हुन् । धेरै बढ्नेमा जलविद्युत र विकास बैंक समूह पनि छन् । जलविद्युत समूह ४३.८६ र विकास बैंक समूह ३०.४३ अंकले बढेको हुन् ।


 
आज जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी १.९१ अंकले घाटा ब्यहोरेका छन् । आज अपि पावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो । अपिको ४ करोड २ लाख ५३ हजार ८ सय ९१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement