काठमाडौं । असोज मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप ३६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । भदौ मसान्तमा यस्तो निक्षेप ३४ खर्ब ९५ अर्ब मात्रै थियो । भदौदेखि असोज मसान्तसम्ममा २७ बाणिज्य बैंकहरुको निक्षेप एक खर्ब ५९ अर्ब रुपैयाँ अर्थात ४.५४ प्रतिशतले नै बढेको हो ।
भदौ मसान्तसम्ममा २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बाणिज्य बैंकहरुले असोज मसान्तमा आईपुग्दा त्यस्तो आँकडा ३० खर्ब ३५ अर्ब रुपैयाँ पुर्याएका छन् । एक महिनाको बीचमा बैंकहरुको कर्जा एक खर्ब ३१ अर्ब रुपैयाँ अर्थात ४.५१ प्रतिशतले कर्जा बढेको देखिन्छ ।
असोज २३ देखि ३० गतेको अवधीमा ७१ अर्ब कर्जा प्रवाह भएको छ भने ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको देखिन्छ । नेपालीहरुको सबै भन्दा ठूलो चाड दशैंमा सबै भन्दा धेरै आर्थिक कारोबार हुने गरेको छ । यहि समयमा बैंकहरुमा निक्षेप र कर्जाको माग पनि अधिक भएको देखिन्छ ।