मन्त्री वसन्त नेम्वाङलाई कोरोना सङ्क्रमण

Advertisement

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरे । 
 
अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । 
 

Advertisement

Advertisement

Advertisement