मेरो माइक्रोफाइनान्सका सीईओ दाहाल नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा चयन

Advertisement

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए ।

संघको १४ औं साधारण सभामा उपाध्यक्ष पद रिक्त रहेकोले आगामी कार्यकालका लागि उपाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहाल चयन भएका हुन् । 

Advertisement

त्यसैगरी कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोजराज बस्याल र सदस्यहरुमा उन्नती सहकार्य लघुवित्त प्रेम पाठक, समता लघुवित्तका मदन घिमिरे, गणपती लघुवित्तका अच्युत सापकोटालाई चयन गरिएको संघले जनाएको छ ।

Advertisement

Advertisement