अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार आर्थिक सल्लाहकार नियुक्त गरिएको हो । 

मौद्रिक अर्थशास्त्रका विद्यावारिधी डा. श्रेष्ठले यस अघि लुम्बिनी प्रदेश(तत्कालिन प्रदेश ५) को नीति तथा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । 
श्रेष्ठले हाल राष्ट्र बैंकको माइक्रोफाइनान्स सुपरभिजन विभागको जिम्मेवारीमा छन् । उनले यस अघि अन्तराष्ट्रिय मुद्रा कोषमा समेत काम गरिसकेका छन् ।

अन्तराष्ट्रिय दातृ निकायहरुलाई विश्वासमा लिएर सहयोग जुटाउनका लागि पनि पौडेलले डा. श्रेष्ठलाई अघि सारेका हुन् । 
 

Advertisement

Advertisement

Advertisement