शेयर बजार लगातार दोश्रो दिन पनि दोहोरो अंकले बढ्यो, सबै समूहमा हरियाली

Advertisement

काठमाडौँ । शेयर बजार हिजो जस्तै आज पनि दोहोरो अंकले बढेको छ । हिजो १३.५८ अंकले बढेको शेयर बजार आज १३.२२ अंकले बढेको छ । साताको पहिलो दिन ५.६६ अंकले घटे पनि लगातार दुई दिन बजार बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.८४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८३.६० अंकमा उक्लिएको छ । आज १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७८.१२, निर्जीवन बीमा समूह ५५.७६ र जलविद्युत समूह २७.७२ अंकले बढेका हुन् । 

आज जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ९.९१ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी १.८६ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज अरुण काबेली पावरको शेयर सबैभन्दा बढी किनबेच भयो । अरुण काबेलीले ९ करोड १ लाख १ हजार ५ सय ८० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

Advertisement

Advertisement