नेविप्रा कर्मचारी संघ भन्छ– बाह्राकोटीको संरक्षणमा संघ लागेको छैन, दोषी भए कारवाही होस्
फाइल फोटो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले बालिका बलात्कारको आरोपमा पक्राउ परेको प्राधिकरणका कर्मचारी एवं संघका सहअध्यक्ष शंकर बाह्राकोटीलाई संरक्षण गर्न आफू नलागेको स्पष्ट पारेको छ । 

संघले दोषी भए जोसुकैलाई कारवाही हुनुपक्ष भन्ने पक्षमा आफू रहेको भन्दै संघले बाह्राकोटीमा संरक्षणमा संघ नै लागेको भनी प्रकाशित समाचारको खण्डन गरेको छ । संघले बाह्राकोटी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेको र उनीमाथि छानबिन भइरहेको बताउँदै उनी दोषी भए सजाय कानुनअनुसार कारवाही हुनुपर्ने माग पनि गरेको छ । 

Advertisement

एक १० बर्षीय बालिकामाथि चावहिलस्थित एक रेष्टुरेन्टमा बालात्कार गरेको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । उनी पक्राउ परेको समाचार प्रकाशित भएपछि मंगलबार एक महिनाले फोन गरेर बाह्राकोटी बालिका बलात्कारमा नभई अन्य आरोपमा पक्राउ परेको र उनीविरुद्धको जाहेरी अर्कै रहेको जिकिर गर्दै कर्पोरेट नेपालले गलत समाचार प्रकाशित गरेको आरोप लगाइन् । 

Advertisement

Advertisement