कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

Advertisement

काठमाडौँ । कृषि विकास बैंकले ईन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक  अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन् । 

Advertisement

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पु¥याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ ।  ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन् । कृषि विकास बैंकका ग्राहकले ई–बैंकिंङ, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् । 

Advertisement

Advertisement