एनआईबिएल एस क्यापिटलको एजीएमबाट २२.२२ प्रतिशत नगद लाभांश पारित

Advertisement

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा (एजीएम)  कम्पनीकै सभाहल लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पूँजीको २२.२२ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पारित गरेको छ ।  

Advertisement

एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधि बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरु दिपककुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराईको समेत उपस्थिति रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधिहरु, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो । 

Advertisement

Advertisement