जगदम्बा मोटर्स र राकुटेन भाइबरबीच प्रयोगकर्ता समक्ष सूचना पुर्याउने सम्झौता

Advertisement

काठमाडौँ । जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक र राकुटेन् भाइबर, सरल र निःशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभीएसका विभिन्न विज्ञप्ति तथा सुचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन् ।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिना सम्म सितैमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस् दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ ।

Advertisement

नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली ‘टिभिएस् दशैंको आशा’ स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ  स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन् । 

जगदम्बा मोटर्स र राकुटेन भाइबरबीचको उक्त समझदारीको उपयोगिताका बारे बोल्ने क्रममा, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने– ‘नेपालीहरुको ठूला चाडपर्वहरू नजिकिँदै गर्दा, हामीलाई यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाई विच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ । त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएस्का विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ । यो टिभिएसको एउटा सानो प्रयास रहेको छ ।’

यस साझेदारीका बारे बोल्दै राकुटेन भाइबरकी प्रमुख बिकास अधिकृत अन्ना नामेन्सकायाले भनिन्- ‘हामी पुन नेपालमा जगदम्बा मोटर्ससंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँँ । हामी आशावदी छौं कि यस साझेदारीलाई अझ शशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौैँ ।’

कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो ।
 

Advertisement

Advertisement