गल्फ लुब्रिकेन्ट उत्पादन गर्ने नेपाल ल्युब आयलले १० प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको २९औं बार्षिक साधारणसभाले उक्त लाभांशसम्वन्धी प्रस्ताव पास गरेको हो । 

कम्पनीका सञ्चालकसहित ५३.१४ प्रतिशत लगानीकर्ता स्वयम उपस्थित भई र १५.०१ भर्चुअलमाध्यमबाट उपस्थित भई सम्पन्न भएको जनाइएको सभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस परिस्थितिमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सबैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १० बीमा गर्ने बताए । 

Advertisement

सेयरहोल्डरहरुले समेत आशा नगरेको अवस्थामा १० प्रतिशत लाभांस दिइएको बताउँदै उनले शेयरहोल्डरहरुको हालको पहिलो प्राथमिकता के हुनसक्छ ? भनि अध्ययन गरेर नै यो प्रदान गरिएको बताए । त्यस्तै प्रस्तावित पुँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ ? भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयरधनीहरुले उठाएको माग बमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको चौधरीले बताए । 

उच्चस्तरीय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो सेवाको लाइभ अपडेट रिपोटिङ र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य योजनाहरु समेत प्रस्तुत गरिएको छ । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्राण्ड हो ।

Advertisement

Advertisement