न्यूनतम् समर्थन मूल्यमा धान किन्ने सहकारीले अनुदान पाउने

Advertisement

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका जारी गरेको छ । धान भित्र्याउने बेलामा सरकारले तोकेको समर्थन मूल्यअनुसार किसानले मूल्य नपाएको गुनासो आउन थालेपछि त्यसलाई कडाइसाथ पालन गराउन निर्देशिका जारी गरिएको हो ।

सरकारले यस वर्ष धान रोपाइँ हुनुभन्दा पहिले नै मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ रुपियाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । यो निर्देशिकाबमोजिम सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार सहकारीहरूले खरिद गर्ने छन् । किसानको धान खरिद गरेबापत सरकारले खरिदकर्ता सहकारीलाई अनुदान दिने भएको छ ।

Advertisement

यो निर्देशिकाबमोजिम न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने खरिदकर्ता (सहकारी)लाई उपज लोड र अनलोड, ढुवानी, प्याकेजिङ बोरालगायतको खर्च व्यवस्थापनका लागि खरिद गरिएको धानको प्रतिक्विन्टल ११२ रुपियाँका दरले सरकारले उपलब्ध गराउने छ ।
यसअन्तर्गत सहकारीलाई एक सिजनमा अधिकतम पाँच हजार मे। टनसम्मका लागि मात्र सहुलियत उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । एउटै सहकारीले यो परिमाणभन्दा बढी खरिद गर्नुपरे जिल्ला कार्यान्वयन समितिको सिफारिस लिनुपर्ने हुन्छ ।


गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement