मिलिजुली परिवारद्वारा महेश रानाको उपचारका लागि ९५ हजार ३ सय ५० रूपियाँ सहयोग

Advertisement

काठमाडौं । मिलिजुली फ्याम्लीले टिचिङ अस्पतालमा निक्कै लामो समयदेखि नै न्यूरो तथा हाडजोर्नी सम्वन्धि रोगको उपचार गराइरहेका कञ्नपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५ हजार ३ सय ५० रूपियाँ रानाको उपचारको निम्ति सहयोग गरिएको हो ।

रानाको लामो समय देखि अस्पतालको शैयामा कम्मर भन्दा मुनिको भागले काम नगरेकोले उपचार भइरहेको छ । लकडाउन विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा तथा देशको विभिन्न स्थानमा सहयोग अभियान शुरू गर्दै आएको छ ।

Advertisement

यस्तै, यस संस्थाले कोही पनि भोको, नाङ्गो र रोगको चपेटामा नरहुन भन्ने मान्यता राखेर काठमाडौंका विभिन्न ठाउँमा निशुल्क खाना तथा सहयोग गर्दै आएको छ। ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै सहयोगको अभियान सञ्चालन गरिएको छ ।

मिलिजुली परिवारको तर्फबाट सहयोग तथा हौसला पाएकाले महेश पनि निक्कै खुशी र अब चाँडै घरजाने आशमा छन् । महेशलाई उनकी दिदिले अस्पतालमा रेखदेश गर्दै आएको छिन् ।  

Advertisement

Advertisement