भारतीय गुप्तचर प्रमुखलाई भटेको प्रधानमन्त्रीले स्वीकार गरे

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर प्रमुखलाई भेटेको स्वीकार गरेका छन् । उनले आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत विज्ञप्ति जारी गर्न लगाएर बुधबार राति सामान्थ गोयललाई भेटेको स्वीकार गरेका हुन् । 

अनौपचारिक भ्रमणको लागि आएको जनाइएका गोयलले प्रधानमन्त्री अ‍ोलीसँग औपचारिक भेट गरेको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् । सुटुक्क नेपाल आएर सुटुक्क भेटघाट गर्न खोजिए पनि बाहिर सुचना सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले गोयलसँग भेट भएको स्वीकार गर्न बाध्य भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा कुराकानी भएको जनाइएको छ । 

Advertisement

भारतीय गुप्तभर प्रमुखले नेपालमा आफ्ना समकक्षीसँग भेटेर कुरा गर्नुपर्नेमा सिधै प्रधानमन्त्रीसहित अन्य नेताहरुसँग भेट्नु कुटनीतिक मर्यादाविपरित भएको भन्दै बुद्धिजीवीहरुले विरोध जनाइरहेका छन् । भारतीय स्थल सेनाध्यक्ष एमएस नरवाणेको नेपाल भ्रमणको तयारी भइरहेको सन्दर्भमा गोयल नेपाल आएका हुन् । 

Advertisement

Advertisement