काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्थ गोयलबीच औपचारिक भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग गोयलले भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले औपचारिक भेटघाट भएको बताएका हुन् । गोयलले बुधबार बेलुकी बालुवाटार पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा कुराकानी भएको थापाले बताएका छन् ।