प्रधानमन्त्रीले 'रअ'का प्रमुखलाई भटेको भीम रावललाई मन परेन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग भेटेकोप्रति उनकै पार्टीका नेता भीम रावलले आपत्ति जनाएका छन्् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रावलले ओली र गोयलबीचको भेट आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको भन्दै आलोचना गरेका छन् । गोयल आएर राजनीतिक भेटघाट गरिरहेका तथ्यसहितका समाचारहरु आउन थालेपछि प्रधानमन्त्रीले आफ्नो सहयोगीहरुलाई विज्ञप्ति जारी गर्न लगाएर आफूसँग भेट भएको स्वीकार गरेका थिए । अन्य नेताहरुले भने आफूहरुले गोयललाई नभेटेको जिकिर गरेका छन् । 

Advertisement

प्रधानमन्त्रीले गोयल भटेको पुष्टि भएपछि रावलले ट्विटमार्फत भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ, कुटनीतिक मर्यादा विपरीत छ ।’

नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।

— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020

Advertisement

Advertisement