कोरोना संक्रमित डोरमणि पौडेललाई अवस्था सामान्य भएपनि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमित वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेललाई अवस्था सामान्य भए पनि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । यसअघि मुटुको शल्यक्रिया गरेका पौडेललाई कोरोनाले स्वास्थ्यमा थप समस्या ल्याउनसक्ने आशंकामा सेनाको हेलिकप्टर प्रयोग गरेर काठमाडौं ल्याइएको हो । 

बिहीबार पौडेलसहित उनकी पत्नी, सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । दिउसो करिव १ बजे काठमाडौं ल्याइएका पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा भइरहेको समाचार छ । 

Advertisement


मुटुको शल्यक्रिया गरेकाले समयमै सावधानी अपनाइएको भन्दै उनको सचिवालयले तर स्वास्थ्यमा समस्या भने नरहेको जनाएको छ । पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि एनजिओप्लास्टी गरिएको थियो ।
 

Advertisement

Advertisement