नेपाल मेडिकल एशोशिएशनमा आवद्ध स्वास्थ्यकर्मी सहुलियत दरमा सामुहिक बीमा गर्ने सम्झौता
file-Photo

Advertisement

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल मेडिकल एशोशिएशनबीच नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहुलियत दरमा सामूहिक जीवन बीमाको सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल मेडिकल एशोशिएशनका महासचिव डा.विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो । 

Advertisement

उक्त सम्झौता अनुसार हाल विश्वभर महामारीको रुपमा फैलिरहेको र नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् । 

ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड–१९),  कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्नेछ । 

यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् । विभिन्न प्रतिकुल परिस्थितिमा पनि आफनो कर्मक्षेत्रमा निरन्तर क्रियाशिल स्वास्थ्यकर्मीहरु, यस सामूहिक म्यादी जीवन बीमाबाट बीमित सबैको मनोबल उच्च रहने कुरा नेपाल मेडिकल एशोशिएशन र ज्योति लाईफ इन्स्यारेन्सले जनाएको छ । 
 

Advertisement

Advertisement