काठमाडौँ । सानिमा बैंकको १६औँ वार्षिक साधारण सभा(एजीएम) कात्तिक २८ गते हुने भएको छ । एजीएम आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त एजीएमले बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर सहित ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।