विश्वविख्यात कम्पनी सामसुङका अध्यक्षको मृत्यु

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक सामानहरु उत्पादनमा विश्वभर प्रख्यात रहेको दक्षिण कोरियाली कम्पनी सामसुङका अध्यक्ष ली कुन हीको निधन भएको छ । उनको आइतबार ७८ बर्षको उमेरमा निधन भएको कम्पनीले जनाएको छ । 

लामो समयदेखि बिरामी रहेका उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । हृदयघात भएपछि लामो समयदेखि अस्पतालमा जटिल अवस्थामा उपचार गराइरहेका लीको निधन भएको हो । 

Advertisement

उनले आफना बुवाले सुरु गरेको सानो व्यवसायलाई बढाउँदै विश्वस्तरमा पुर्याउन सफल भएका थिए । सुरुमा चाउचाउबाट सुरु भएको व्यवसाय पछि इलेक्ट्रोनिक्स सामानहरु उत्पादन सुरु गरिएको थियो ।  सामसुङले अहिले अत्याधुनिक स्मार्टफोन, टेलिभिजनसहित थुप्रै इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गरी विश्व बजारमा बिक्री गर्छ । 

लीको मृत्युपछि उनका छोरा ली जेई योङले व्यवसाय सम्हाल्दै आएका थिए । 

Advertisement

Advertisement