भरतीय प्रतिबन्धित ४ लाख ५० हजार रुपियाँसहित १ व्यक्ति पक्राउ

बर्दिया । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण हेडक्वाटर बर्दिया तथा मातहत कार्यालयबाट खटिगएको गस्ति टोलीले भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा भारतीय प्रतिबन्धित रु चार लाख पाँच हजार पाँच सयसहित एक महिलालाई पक्राउ गरेको छ । 

बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई खानतलासी गर्दा उनको झोलामा भारतीय प्रतिबन्धित रु चार लाख पाँच हजार पाँच सय फेला परेको प्रहरीले जनाएको छ ।