भारतीय गुप्तचर प्रमुखले ओलीबाहेक अरु सात नेतालाई भेटेको खुलासा

Advertisement

काठमाडौं । भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयललाई भेट्नेमा प्रधानमन्त्री केपी ओलीबाहेक अरु सात जना नेता रहेको रिपोर्टर्स क्लवले जनाएको छ । 

भारतीय दूतावासनिकट मानिदै आएको क्लवले सोही स्रोतलाई उल्लेख गर्दै जनाएअनुसार गोयलले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सोही पार्टीका महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई पनि भेटेका थिए । 

Advertisement

निजी भ्रमण भन्दै गुपचुपरुपमा आएका गुप्तचर प्रमुखको तस्वीर नै बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफूले भेटेको स्वीकार गरेका थिए । ओलीले राति सवा ९ बजेदेखि राति करिव १२ बजेसम्म गोयलसँग बालुवाटारमा भेटेका थिए । 

प्रचण्ड, माधव नेपाल र देउवाले सार्वजनिकरुमपा आफूले गोयललाइ नभेटेको जिकिर गरे पनि भेटवार्ता भने गरेका थिए । ओलीलाई भेट्नुअघि नै उनीहरुले गोयललाई भेटिसकेका थिए । उनीहरुमध्ये कोही गोयललाई भेट्न होटल नै पुगेको, कोहीको निवासमा गोयल पुगेको जनाइएको छ । 

गोयलसँगको भेटलाई लिएर स्वयम सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेता, बुद्धिजीवी र सर्वसाधारण जनताले आलोचना गरिरहेका छन् । उनीहरुले कुटनीतिक मर्यादाविपरित बदनामी कमाएको भारतीय गुप्तचर संस्थाको सामान्य कर्मचारीलाई भेटेको भन्दै आलोचना गरिरहेका छन् । 

Advertisement

Advertisement