दशैंमा पर्यटन मजदुर भोकै, सात महिनादेखि हात रित्तो

Advertisement

काठमाडौं । कोरोना महामारीका कारण ७ महिनादेखि पर्यटन मजदुरको हात रित्तै भएको छ भने दैनिक खर्च धान्ने न्युनतम पारिश्रमिक पनि नपाएर अधिकांश मजदुर भोकभोक पर्ने अवस्थामा पुगेका छन् । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको उपयुक्त माध्यम भएपनि चैतदेखि सुरु भएको लकडाउन र कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र ठप्प छ । 

पर्यटन क्षेत्रअन्तर्गतका ट्राभल, टुरिजम, होटल, संस्कृति, पुरातत्व, एयरलाइन्स, कार्गो, कुरियर, गाइड, पोर्टरदेखि हेलिकप्टरका पाइलटसम्मलाई महामारीले पारिश्रमिक कटौतिदेखि रित्तो हात बनाएको छ। श्रमिक वर्गले कामै नपाएर पारिश्रमि कटौति भएको छ भने मासिक आकर्षक तलव खाने, आकस्मिक सेवाको क्षेत्र मानिने र जुनसुकै बेला पनि खटिने हेलिकप्टर पाइलटसम्मले ३० प्रतिशतसम्म मात्रै पारिश्रमिक पाएका छन् ।

Advertisement

अन्य बेला दशैं तिहार, कुनै पनि चाडपर्व, बन्द, हड्ताल वा जुनसुकै संकटको बेला पनि आकस्मिक सेवामा पर्ने हवाई उड्डयन कोरोनापछि भने कहिल्यै फूर्सद नपाउने उड्डयन कर्मचारी कामबिहीन हुन पुगे । पाइलट बेरोजगार हुने र फूर्सदिलो भएको कारण सधै व्यस्त रहने र फूर्सदै नपाउने क्षेत्रसमेत कोरोनाको मारमा पर्यो । जसका कारण पाइलटदेखि सामान्य उड्डयन मजदुर अहिलेपनि आर्थिक समस्यामा छन् । 

हवाई उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीलाई ५० प्रतिशत पारिश्रमिक दिने निर्णय गत चैतमा नै वायुसेवा संचालक संघले गरेको थियो । आधा कर्मचारीलाई घरमै राख्नुपरेको, काम लगाउँदा पनि आलोपालो प्रणाली अपनाएको र हवाई उड्डयन ६ महीनापछि मात्रै खुला हुँदा दैनिक खर्च व्यवस्थापनमै धौधौ परेकोले सबैको पारिश्रमिक कटौति भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । उनका अनुसार संघले उड्डयन कर्मचारीलाई गत चैतदेखि नै ६५ प्रतिशतसम्म तलब कटौति गर्ने निर्णय गरेका थिए । सो अनुसार व्यवहारिक रुपमा निर्णय कार्यान्वयन गर्दा अधिकांशलाई तलब त्यो भन्दा पनि बढी कटौतिमा परेको छ ।

उड्डयन क्षेत्रका सामान्य कर्मचारीको तलब थोरै हुने हुँदा औषतमा १०÷१२ हजार रुपैयाँ दिएर दैनिक खर्च धान्न सक्ने वातावरण मात्रै सिर्जना गरिएको छ । पाइलट र धेरै तलब खाने कर्मचारीको भने अस्वभाविक रुपमा तलब कटौति भएको कडेल बताउँछन् । उनका अनुसार पाइलटको तलब ७० देखि ८० प्रतिशतसम्मले कटौति भएको छ । मासिक ६ लाख तलब खाने पाइलटलाई मुस्किलले १ देखि १ लाख २५ हजारसम्म दिन सकिएको छ भने ५०÷६० हजारमै चित्त बुझाउनुपर्ने अवस धेरै पाइलटको छ । 
वायुसेवा संचालक संघकले पाइलटले मासिक ७५ हजारदेखि १ लाख २५ हजार रुपैयाँ, इन्जिनियरले ३५ हजारदेखि ७५ हजार रुपैयाँ, प्रमुख पदमा कार्यरत कर्मचारीले २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म र कनिष्ठ तहका कर्मचारीले भने सरकारी स्केल अनुसार १३ हजार रुपैयाँ मात्र दिने निर्णय भएको थियो । 

यो निर्णय अघि सामान्य अवस्थामा पाइलटले ३ देखि ६ लाखरुपैयाँ, इन्जिनियरले १ देखि ३ लाखसम्मरुपैयाँ, प्रमुख तहका कर्मचारीले ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म र कनिष्ठ तहका कर्मचारीले ३० हजार रुपियाँसम्म तलब पाउँथे ।

वायुसेवा कम्पनीको तुलनामा हेलिकप्टर कम्पनी अझै ठूलो मारमा परेको कँडेल बताउँछन् । ५ वटा जहाज हुनेले एउटा वा दुईवटा मात्रै उडान सकेका छन् । हेलिकप्टरका माग नआउने, पर्यटकीय गतिविधि नभएकोले उड्डयन खुलेपछि अवस्था पनि निकै खराब हुन पुगेको छ ।

हवाई सेवाका कार्यरत कर्मचारी कसैले पनि पूरा तलब नपाएको र पाउनेले आधा पाएका धेरै छन् । कोरोनाको जोखिम बढ्दै गएकोले वायुेवा कम्पनीको सञ्चलाक खर्च बढेको, जहाज पूर्ण क्षमतामा नउड्ने, भएका जहाज पनि यात्रु नपाएका कारण लगात खर्च घटाउन थन्काउनुपर्ने र ६ महिनासम्म ठप्प रहेको उड्डयन भर्खरै खुलेको भएपनि आलोपालो प्रणालीमा कर्मचारीलाई काममा राख्नुपर्ने समस्या रहेको यती एयरलाइन्सका सीईओ अनोज रिमाल बताउँछन् । 

पर्यटन क्षेत्रका मजदुरल अधिकांशले ७ महिनादेखि तलब नै नपाएकोले गरगहना बेचेर दशैं मनाउने, ऋण र सरसापटीमा दैनिकी चलाउनु परेको पर्यटन मजदुरको सबैभन्दा ठूलो संगठन युनिट्राभका अध्यक्ष सुमन पराजुली बताउँछन् । उनका अनुसार तारे होटलका कर्मचारीले न्युनतम ४३ सय देखि १० हजार रुपैयाँ पाएका छन् । ट्राभल, टे«किङ, राफ्टिङ, कार्गो, कुरियर र पुरातत्वका कर्मचारीले पैसा नपाएको अवस्था छ ।

एयरलाइन्सका पनि अधिकांशल न्युनतम पाएका पनि छन् । वायुवासेवा निगमका ३५० जना कर्मचारीलाई भने ७ महिनादेखि १ रुपियाँ पनि पाएका छैनन् । समग्रमा ६० प्रतिशतले पारिश्रमिक पाउदै नपाएको अवस्था छ भने बाँकी ४० प्रतिशतले मात्रै आधा वा कम्पनीको क्षमता अनुसार पाश्रिमिक दिएको जानकारी युनिट्राभका अध्यक्ष पराजुली बताउँछन् । युनिट्राभमा मात्रै ४५ हजार पर्यटन मजदुर आवद्ध छन भन समग्र पर्यटन क्षेत्रमा भने एक लाख ६० हजार मजदुर कार्यारत रहेका छन् ।

दुई लाख मजदुरले एक महिनाको पनि पैसा पाएनन
मजदूरका विभिन्न ट्रेड युनियन र रोजगारदाताबीच साउनमा भएको एक सहमति अनुसार श्रमिक र रोजागरी जोगाउन आलोपालो काममा लगाउने भन्ने थियो । यसले सबै श्रमिकलाई बाँच्न दिने र रोजगादाता पनि टिक्ने अवस्था ल्याउने गरी सहमति भएपनि अहिलेसम्म एक महिनाको पनि तलब नपाउने मजदुर करिब दुई लाख रहेको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार नेपालमा करिब १८ लाख श्रमिक विभिन्न क्षेत्रमा काम गर्ने  गरेको भएपनि कामै नपाएका र चैतदेखि नै खाली हाल भएका मजदुरको संख्या दुइ लाख भएको अनुमान छ । यी मजदुरको अवस्थाको बारेमा तथ्यांक संकलनका काम भइरहेको श्रेष्ठ बताउँछन् । उनका अनुसार जिफन्टमा मात्रै ४ लाख ४० हजार मजदुर आवद्ध छन् । 

कोराना महारी सुरु भएपनि श्रमिक कटौतिमा परेका र पारिश्रमिक नै नपाउनेमा पर्यटन मजदुर, यातायात, निजी विद्यालय, मनोरन्जन क्षेत्र, सौन्दर्य कलासहितका क्षेत्र रहेको पनि श्रेष्ठले जानकारी दिए । कुन क्षेत्रका मजदुरका अवस्था के छ ? कतिले पारिश्रमिक पाए र कतिले पाएन् अब त्यो सबै तथ्यांक संकलन गर्ने र आवश्यक राहतको लागि पलह तत्कालै गर्नुपर्ने अवस्था आएको श्रेष्ठ बताउँछन् । मजदुरको पारिश्रमिक नपाएको, दैनिक जीवन धान्न समस्या भएको र दैनिक कष्टकर भएको गुनासो भने जिफन्टसम्म पनि आइरहेको श्रेष्ठ बताउँछन् ।

Advertisement

Advertisement