अमेरिकी राजदूतलाई चुनौति दिँदै चिनियाँ राजदूतले गाइन ‘रेशम फिरिरि...’ (भिडियो हेर्नुहोस्)

Advertisement

काठमाडौं । अमेरिकी राजदूत र्याण्डी बेरीलाई चुनौति दिँदै चिनियाँ राजदूत होउ यान्छीले दशैंको मौकामा रेशम फिरिरि बोलको लोकप्रिय गीत गाएकी छन् । 

नेपालीहरुको महान चार्ड दशैंको अवसरमा अमेरिकी राजदूतले खसीको मासु आफै पकाएर खाएको भिडियो सार्वजनिक गरेको तेस्रो दिन सोमबार यान्छीले रेशम फिरिरि गायर चुनौति दिएकी हुन् । यसअघि उनले नेपाली लोकगीतमा नेपाली पहिरनसहित नाचेर एकाएक चर्चामा आएकी थिइन् । 

Advertisement

लय र भाका मिलाउँदै उत्साहित ढंगले गीत गायकी उनले नेपालीहरुलाई दशैंको शुभकामना दिने नयाँ शैली अपनाएकी हुन् । उनले आफ्ना सहकर्मीहरु र आफूले नेपाली गीत रेशम फिरिरि अभ्यास गरेर अन्तमा गाउन सफल भएको समेत बताएकी छिन् ।

यान्छी भन्छिन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई सौभाग्य र खुशी ल्याओस !’

 

Advertisement

Advertisement