नरवाणे कात्तिक १९ मा नेपाल आउने टुँगो, सरकार भव्य स्वागतको तयारीमा

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक १९ (नोभेम्बर ४)मा नेपाल आउने टुँगो लागेको छ । 

नेपालले चीनको इशारामा लिपुलेकसहितको नयाँ नक्सा निकालेको भन्दै प्रतिक्रिया दिएर चर्चाको पात्र बनेका नरवाणे मानार्थ सेनापतिको पदवी हासिल गर्न नेपाल आउन लागेका हुन् । 

तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका उनको भ्रमणको मिति भारतीय पक्षले टुँगो गरेको हो । नरवाणेलाई नेपालमा भव्य स्वागत गर्ने तयारीमा सरकार जुटेको छ । 

केही दिनअघि भारतीय गुप्तचर प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी ओलीसहितका नेताहरुलाई भेटेर फर्किएका थिए । नरवाणेको नेपाल भ्रमणलाई लिएर जनस्तरबाट विरोध भइरहेको छ ।