बैंकका सबै शाखा खुला, शेयर बजार पनि खुल्यो

Advertisement

काठमाडौँ । दशैँ पर्वमा कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द भएका सबै बैंकका शाखाहरु आजदेखि सञ्चालन हुँदैछन् । दशैँअघि नेपाल बैंकर्स संघ(एनबीए)ले सूचना प्रकाशित गरी दशैँमा  कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै शाखा बन्द हुने जनाएको थियो । 

दशैँमा ५ दिन बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहेको थियो ।   

Advertisement

साथै वाणिज्य बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै हालसम्म ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भइरहेको पनि हुँदा संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले अनुरोध गरेको छ ।  

शेयर बजार पनि खुल्ने
यसैबीच दशैंका कारण बन्द रहेको शेयर बजार पनि आजबाट खुला हुँदैछ । 
 

Advertisement

Advertisement