बाबुरामले आफूलाई वीपीसँग तुलना गर्दै भने- मैले सामन्तलाई सुटुक्क भेटेकै छैन्

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयललाई नभेटेको जिकिर गरेका छन् । 

लेखक खगेन्द्र सँग्रौलाले सामाजिक सञ्जालमा गरेको टिप्पणीको जवाफ दिँदै उनले गोयललाई भेटेको कुरामा सत्यता नरहेको जिकिर गरेका हुन् । केही दिनदेखि नेपाल भ्रमणमा आएका गोयलले प्रधानमन्त्री केपी ओलीबाहेक अन्य नेताहरुलाई पनि भेटेको भारतीय मिडियाहरुले जिकिर गरेका थिए । यसरी भेट्नेहरुमा बाबुराम पनि रहेको जनाइएको थियो । 

Advertisement

जनता समाजवादी पार्टीको नेतासमेत रहेका बाबुराम लेख्छन्, ‘खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य, न्याय, बुद्धि, विवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?

जवाफमा बाबुरामले आफूलाई भीम मल्ल, भीमसेन थापा, वीपी कोइराला जस्ता उच्च व्यक्तिसँग तुलना हुन खोजेका छन् । गायलको नेपाल भ्रमण र उनको राजनीतिक भेटघाटको अहिले नेपालमा चर्को विरोध भइरहेको छ । 

 

Advertisement

Advertisement