शेयर बजारमा उमङ्गः ४१.२० अंकले बढ्यो नेप्से, बैंक र बीमा समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौँ । दशैँ बिदा पछि आज खुलेको शेयर बजारमा आज उमङ्ग छाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज शेयर बजार ४१.२० अंकले बढेको छ । २.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६४७.४५ अंकमा उक्लिएको छ । 

Advertisement

आज १८८ कम्पनीका ९३ लाख २२ हजार ८५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

शेयर बजारमा उमङ्ग छाएको दिन आज ट्रेडिङबाहेक सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह ८.८३ अंकले घटेको हो । आज बैंक र बीमा समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ११०.६८ अंक, विकास बैंक समूह ६०.९७, बैंकिङ समूह ५५.१५ र निर्जीवन बीमा समूह ४७.०७ अंकले बढेका हुन् । 

आज प्राइम कमर्सियल बैंकका शेयरधनीहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले नाफा कमाएका छन् भने पञ्चकन्या माई हाइड्रोका शेयरधनीहरुले सबैभन्दा बढी ३.४७ प्रतिशतले घाटा ब्यहोरेका छन् । ग्लोबल आईएमई बैंकको शेयर आज सबैभन्दा बढी किनबेच भयो । ग्लोबलको २० करोड ६५ लाख ४४ हजार ५ सय ५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement