एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड नविल बैंकलाई

Advertisement

काठमाडौं । नबिल बैंकले २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफसी) नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिन्यायिहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ । 

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जूनसम्म नेपालमा यस कार्यक्रमसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

Advertisement

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र एक हजार पाँच सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । 

Advertisement

Advertisement