इण्डो प्यासिफिक रणनीतिबारे छलफल गर्न भारत आएका अमेरिकी विदेशमन्त्री श्रीलंका पुगे

Advertisement

कोलम्बो । (एएनआई) अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मंगलबार श्रीलंका पुगेका छन् । विदेमन्त्री पोम्पेओ मंगलबार भारतबाट श्रीलंका पुग्नुभएको समाचारमा जनाइएको छ । श्रीलंकाको राजधानी कोलम्बोबाट प्राप्त भएको समाचारमा सो कुराको जानकारी गराइएको हो ।     
     
इण्डो प्यासिफिक रणनीतिबारे छलफल गर्न भारत आएका पोम्पेओ भारतको भ्रमणमा थिए । उनी भारतको भ्रमण सकेर मंगलबार साँझ श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् ।     

उनले श्रीलंकाको राजधानी कोलम्बो पुगेर ट्वीटमार्फत आफ्नो भ्रमणको बारेमा जानकारी दिए । ट्वीटमा उनले आफूलाई श्रीलंकाली नेताहरुले गरेको स्वागतप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।     
     
उनले आफूलाई श्रीलंकाली अधिकारीहरुले न्यानो स्वागत र अभिवादन गरेको भन्दै त्यसका लागि धन्यवाद दिएका छन् । विदेशमन्त्री पोम्पेओले श्रीलंकामा यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । 

Advertisement

Advertisement

Advertisement