सरकारी कर्मचारीले मनाए आठ अर्ब रुपियाँको दशैं

Advertisement

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब आठ अर्ब रुपियाँ खर्च भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिएको थियो । 

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपियाँ खर्च गरेको छ । सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपियाँ खर्च छुट्टयाएको छ । यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपियाँ बजेटमा विनियोजन गरिएको थियो । 

Advertisement

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैं पेस्की जाने गरेको छ । तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन् ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ । हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन् । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन् । स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन् ।
चाडवाड शीर्षकमा कति खर्च हुन्छ ? भन्ने एकीकृत तथ्यांक भने छैन । यद्यपि, बजेटमा चाडपर्वका लागि १३ महिनाको तलबका रूपमा यसलाई समेटिएको छ । सो भत्ता सरकारी कार्यालयका सबै कर्मचारी, शिक्षकले पाउँछन् । 

हिन्दु धर्मावलम्बी बाहेकका कर्मचारीहरुले पनि आ–आफ्नो मुख्य चाडपर्वका अवसरमा भत्ता लिन पाछन् । सामान्यतयाः हिन्दूहरूको चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ । तर ईद, क्रिसमसलगायत चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा उक्त भत्ता लिन पाउने व्यवस्था छ ।’ संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब सुविधा पुनरवलोकन र अध्ययन गर्न एउटा आयोग गठन गर्ने घोषणा गरेका थिए । यद्यपि हालसम्म आयोगले काम अघि बढाएको छैन ।

Advertisement

Advertisement