सौगात परियारलाई विद्यार्थी नेता पराजुलीले पठाए शैक्षिक सामग्री

Advertisement

काठमाडौं । विद्यार्थी नेता सुदेश पराजुलीले तुल्सिपुर उप महानगरपालिका ६ का सौगात परियारलाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् । राष्ट्रिय विद्यार्थी भर्ना अभियानका समयमा पराजुलीले परियारको अविभावकत्व ग्रहण गरि विद्यालयमा भर्ना गराएका थिए । 

उनले हरेक वर्ष परियारलाई न्यानो कपडा, ब्याग, जुत्ता लगायतका अन्य शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका थिए । यसपाली पनि पराजुलीले आफ्नो जन्मदिनको अवसर पारेर परियारलाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।

पराजुलीले न्यानो कपडा, ब्याग, जुत्ता र कापी कलम उपलब्ध गराएका हुन् । विद्यार्थी भर्ना अभियानका क्रममा तातेर विपन्न परिवारका विद्यार्थीहरुका अविभावकत्व ग्रहण गरेका नेताहरुले आफ्नो जिम्मेवारी पुरा नगरेको टिप्पणी भैरहेका बेला पराजुलीले भने वर्षेनी शैक्षिक सामग्री पठाईरहेका छन् । 
 

Advertisement

Advertisement

Advertisement