दशैंमा नागरिकको हातमा ६४६ अर्ब रुपियाँ, तरलता पनि झण्डै दुई खर्ब

Advertisement

काठमाडौं । नेपालीहरुको सबै भन्दा ठूलो पर्व दशैंमा नागरिकहरुको हातमा ६४६ अर्ब रकम पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गते जनताको हातमा जम्मा ५९२ अर्ब रुपैयाँ थियो । त्यस्तो रकम कात्तिक १२ गते आइपुग्दा ५८ अर्बले बढेर ६४६ अर्ब पुगेको हो । राष्ट्र बैंकले यसरी बजारमा पुगेको पैसालाई चलन चल्तीमा रहेको रकम भन्ने गरेको छ ।

बजारमा गएको पैसामध्ये केहि बैंक तथा वित्तिय संस्थाहरुमा रहने र बाँकी अधिकांश हिस्सा भने नागरिकको हातमै रहने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए । 
२०७६ असोजमा जनताको हातमा नियमित भन्दा ७२ अर्ब रुपैयाँ बढी रकम पुगेको थियो । 

२०७६ असोज १ गते चलन चल्तीमा ४९२ अर्ब रुपैयाँ थियो । त्यस्तो रकम २४ गते पुग्दा ५६४ अर्ब रुपैयाँ पुगेको थियो । ‘यसपाली डिजिटल कारोबारले बढेकाले चलन चल्तीमा रहने मुद्राको माग केहि घटेको देखिन्छ’, कार्यकारी निर्देशक डा. भट्टले भने । 

तरलता दुई खर्ब नजिक
कात्तिक १२ गतेसम्म बैंकिङ प्रणालीमा १९४ अर्बको तरलता रहेको छ । सरकारले साउन पछि ३७ अर्ब रुपैयाँ ऋण उठाईसक्दा पनि बजारमा करिब दुई खर्बका तरलता देखिएको हो । 
 

Advertisement

Advertisement

Advertisement