सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ८० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार एक सय ८० रुपियाँमा किनबेच भएको थियो ।  
 

Advertisement

Advertisement