पूर्वराष्ट्रपतिले महिनाको लाखौं सुविधा लिएर सुतेर बस्नुभन्दा बिरामी जाँचेर खाँदा हुन्न ?

काठमाडौं । विश्लेषक डा. अम्वरिश पोखरेलले पृथ्वीनारायण शाहमा सन्तानमा सबैभन्दा धेरै राष्ट्रभक्ति रहेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यदि नेपाललाई कसैले भित्री मनदेखि माया गर्छ भने ती पृथ्वीनारायण शाहका सन्तान मात्रै हुन् भन्दै पूर्वराष्ट्रपतिको सुविधा मोहको आलोचना गरेका छन् । 

डा. पोखरेलको टिप्पणी यस्तो छः 

यदि नेपाल राष्ट्रलाई कसैले भित्री मनदेखि माया गर्छ भने, ती हुन् पृथ्वीनारायणका शाहका सन्तानहरू । 

१. देखिहाल्नु भएको छ, पाँच वर्ष अगाडि राष्ट्रपतिबाट अवकाश लिएका रामवरण यादवले अहिले पनि महिनाकै लाखौ रुपियाँ  घर भाडाको नाममा सरकारसंग पैशा बुझ्ने गर्दछन् जबकी उनको आफ्नै घर छ काठमाडौंमा ।

२. उता राजा ज्ञानेन्द्र शाह, आफ्नो निजी निवासमा बस्छन । बिजुली पानीको बिल समेत आफै तिर्ने गर्छन् । 

३. अझ राजा वीरेन्द्र शाहकी आमा, पूरानो दरबारको एउटा कुनामा अवस्थित एउटा सानो घरमा बसिरहेको कुरा सचेत नेपाली सबैलाई थाहा होला । 

४. अमेरिकन राष्ट्रपतिहरु अवकाश पछि, निजी कम्पनीमा दैनिक जागीर खाने गरिरहेका छन् । कोही कलेज पढाउने गर्छन्। 

५. तर डाक्टरी पेशा पढेका भनिएका भूपू राष्ट्रपति रामवरण यादव कौशीमा उत्तानो खुट्टा लगाएर सरकारी ढुकुटी लुटिरहेका छन् !  बिरामीको उपचार गरेर उनले आफ्नो बाकी जीवन निर्वाह किन गर्दैनन् ?

६. नेपालको संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता कायमै रहेसम्म, नेपालीको समृद्धि हासिल झन् हुँदैन । सबै कुरा खारेज गर्नु पर्ने आजको आवश्यकता हो । 

७. कोई युगपुरुष अगाडि नआउँदासम्म, लुटतंत्र चलिरहन्छ यहाँ । सयौ सेता हात्तीहरु उन्मत्त ऊपर खुट्टी लगाई रहन्छन् । 

डा. पोखरेलले पूर्वराष्ट्रपतिको सुविधामोहको चर्चा गर्दैगर्दा वर्तमान राष्ट्रपतिको बारेमा भने मौन देखिन्छन । जनस्तरमा भने पूर्वराष्ट्रपतिको भन्दा वर्तमान राष्ट्रपतिको सुविधा मोह र राजनीतिक सक्रियताको बढि आलोचना हुने गरेको देखिन्छ ।