देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएका नेताबीच बाह्रैमास झगडा

Advertisement

काठमाडौं । सरकारको नेतृत्व गरेको देशको सबैभन्दा ठूलो पार्टी नेकपाको मूल नेतृत्वको काँधमा आफ्ना आठ लाख सदस्यलाई मात्र होइन, सिंगो देशलाई विश्वासमा ल्याउने दायित्व छ । तर, देशलाई समृद्धिको यात्रामा अघि बढाउने जिम्मेवारी पाएको दलका शीर्षस्थ नेता बाह्रैमास आपसी झमेलामा छन् । पछिल्लोपटक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनदेखि न भेट छ, न टेलिफोन संवाद नै । 

यो घटनाले प्रधानमन्त्री र नेकपाका कार्यकारी अध्यक्षको मुटुचाहिँ कत्रो छ भन्ने प्रश्न उठाइदिएको छ । स्थिति यस्तो भएको छ– अब ओली र प्रचण्डबीच रोकिएको संवाद सुचारु गर्न पार्टीका दोस्रो तहका नेताहरूको दौडधुप नै चलेको छ । तर, शुक्रबार रातिसम्म उनीहरूलाई सफलताचाहिँ मिलेको छैन । 

Advertisement

दुई अध्यक्षको कार्यविभाजन, सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन र महाधिवेशनको तयारीलगायतका प्रस्ताव पारित गर्दै २६ भदौमा स्थायी कमिटीको बैठक सकिएपछि ओली र प्रचण्डबीच दुई दर्जनभन्दा धेरैपटक भेट भयो । तर, अचानक जन्मेको कर्णाली प्रदेशको पार्टी विवाद सुल्झाउन उनीहरूबीच ४ कात्तिकको बिहान भेट भयो । भेटमा विवाद समाधानको सूत्र तय हुन सकेन ।

बरु, साँझसम्म दुवै पक्षका सचिवालयबाट परस्परविरोधी प्रेस नोट जारी भए । त्यसपछि त्यसैदिन राति ओली र प्रचण्डबीच एक–अर्कामाथि आरोपित हुने गरी टेलिफोन संवाद भयो । यही फोन–संवाद यस्तो ‘टर्निङ प्वाइन्ट’ बन्यो, जसले ओली–प्रचण्डको विशाल होइन सानो मुटु उजागर ग¥यो र संवादहीनताको अवस्था सिर्जना ग¥यो । र, यहीबीचमा ओली र दाहालले एक–अर्कामाथि दबाब बनाउन वरिष्ठ नेता माधव नेपालसँग संवाद बढाएका छन् । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement