दक्षिण कोरियाको कार निर्यात ३.४ प्रतिशतले वृद्धि
file-Photo

Advertisement

सियोल । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यात बृद्धि भएको यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ । 

कारको निर्यातबाट जुलाई-सेप्टेम्बरमा कूल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको र यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।

Advertisement

तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको पनि कार्यालयले बताएको छ ।

निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ ।चार पाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ । 

मूल्यको हिसाबले सेडानको निर्यात संयुक्त राज्य अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको तर रूस, साउदी अरब तथा स्पेनमा निर्यातमा दुई अङ्कले नै कमी आएको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement