अख्तियारले काम गर्देको भए अहिले इमान्दार नेता मात्रै हुन्थे, देशले विकासमा फड्को मारिसक्थ्यो

Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम नगर्दा धेरै नेताहरु भ्रष्टाचारको अभियोगमा राजनीतिको रिङबाट बाहिर गइसक्थे भनेको छन् । 

सामाजिक सञ्जालमा सोमबार टिप्पणी गर्दै उनले यदि अख्तियारले राम्रो काम गरिदिएको भए मुलुकले पनि विकासमा फड्को मारिसकेको हुने थियो भनेका छन् । 

Advertisement

बालुवाटारको सरकारी जग्गा अनियमितताको तथ्य बाहिर ल्याएपछि चर्चामा रहेका पूर्वसचिव त्रिताल लेख्छन्ः 

हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए,

अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे ।

इमान्दार नेताहरुले देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने अवसर पाउने थिए ।

बाँकी फटाहाहरुमा पनि डर हुने गर्थ्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमश कारवाही गर्दै जान्थ्यो ।

भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्चस्तरका कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे ।

योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने थिए । देशको विकास निकै अगाडि बढिसकेको हुन्थ्यो । लोकतन्त्रको सुदृढिकरण भइरहेको हुन्थ्यो ।

 

Advertisement

Advertisement