जबसम्म पार्टीका कार्यकर्ता झोलेका हैसियतमा रहन्छन, तबसम्म नेताहरु लडिरहन्छ्न्ः डा. सँग्रौला

Advertisement

काठमाडौं । कानुनविद् एवं विश्लेषक प्राडा युवराज सँग्रौलाले नेपाली राजनीतिमा बिकृतिको जड नै पार्टीका कार्यकर्ता भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले जबसम्म पार्टीका कार्यकर्ता झोलेका हैसियतमा रहन्छन, तबसम्म नेताहरु लडिरहन्छ्न् भन्दै समस्या कार्यकर्तामा नै रहेको बताएका छन् । 

यस्तो छ सँग्रौलाको विचार

Advertisement

लक्ष्य नै नभएपछि, बाटा जताततै हिँडे हुन्छ। दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छन । तर,

१. संबिधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता छैन ।

२. बिचारधारा र सिद्धान्तलाई तिलान्जली दिएकोप्रति कसैलाइ चिन्ता छैन् । साइनबोर्डले पार्टीको पहिचान हुने हो ?

३. विचारमा प्रतिबद्धता, बैचारिक नैतिकतामा निष्ठा हुने हो भने त समस्याको समाधान निस्कन्छ होला।

४. बोट मरेपछि फल लाग्दैन होला । थारो गाइले दूध दिँदैन होला । पुतलीसडकमा पैन्ट सर्ट लगाएर उभिएका डमि मनिस होइनन, मामिसका आकृति मात्रै होलान।

५. चिन्ता छ राजनीतिमा यदि समाजबादी राजनीति समाप्त भएको भन्ने, कम्युनिस्टका नाममा नवउदारवाद मौलाएको छ भन्ने, पार्टी कार्याकर्ता माफियामा रुपान्तरण भएका छ्न भन्ने कुरामा भने चिन्ता गर्नुहोस र बहस गर्नुहोस। बिचारधारा स्थापित गर्नुहोस, पार्टी फुट्दैनन। बालुवाले मात्र इटा जोडेर पर्खाल बेनेको देख्नु भएको छ ? पर्खाल, घर बन्न त बालुवा सिमेन्ट हाल्नुपर्छ। बिचारधारा भनेको यहि सिमेन्ट हो।

६. मैले पढेको त कम्युनिस्टले विचारधारा चिन्छ । नेता चिन्दैन भन्ने थियो। तर नेपालमा कम्युनिस्टले विचार होइन नेता मात्र चिन्छ। पार्टी दाहाल र ओलीका कारणले फुट्ने होइन। पार्टी दलाली गर्ने माफिया कार्यकर्ता, नेताको घुंडा, कम्मर, कांध हुँदै टाउमा चड्ने कार्यकर्ता, मन्त्री हुन ज्यान त्याग्ने छोटे नेता, टिकट काटेर बनेका सदस्यले हो पार्टी फोड्ने।

७. इतिहास जति पुरानो हुँदै जान्छ, उतिनै प्रष्ट हुँदै जान्छ। एक दिन सबैको इतिहास लेखिन्छ। कस्तो इतिहास लेखाउन चाहनु हुन्छ ? मिङ्ग सम्राट चियाचिङ्गलाई एउटा विद्वान हाइ रुइ र धननन्दलाई चाणक्यले तिमीहरु जनबिरोधि राजा हौ भन्ने आँट गरे । मर्ने बेलामा चियाचिङ्गले नातिलार्इ भन्यो।ू तिमिले राम्रो राजा बन्नु। विद्वानको संगत गर। मैले अहिले थाह पाएँ म गलत रहेछु, सुध्रिन चाहान्छु, तर सुध्रिने समय नै रहेन।

८. विचारधाराको लडार्इं लड्नुहोस, समाजवादका लागि कुस्ती खेल्नुहोस् । गरिवको आवाज बन्नुहोस् । देशको समृद्धिका लागि लाप्पा खेल्नु होस् । केही फरक पर्दैन। तर लंडाइ हड्डीका लागि मात्र हो भने कसैले जित्दैन।

९. नेपाली पार्टीहरुका कार्यकर्ता जबसम्म झोलेका हैसियतमा रहन्छन, तबसम्म नेताहरु लडिरहन्छ्न। त्यसैले, विचार मरेकोमा चिन्ता गर्नुहोस, नेता लडेकोमा होइन। फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो।

Advertisement

Advertisement