छाडा गीत गाउने भिटेनलाई पक्राउ नगर्न अदालतले आदेश

काठमाडौं । अश्लिल र महिलाहरुलाई होच्याउने शब्द प्रयोग गर्दै छाडा गीत गाउने पप गायक भिटेन (समिर घिसिङ)लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । 

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतको तर्क छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

महिना अधिकारवादीदेखि नागरिक समाजका कतिपय अगुवाले भने छाडा र महिलालाई होच्याउने गीत गाउने भिटेनलाई पक्राउ गरी कारवाही हुनुपर्ने माग गरेका छन् । सामाजिक सञ्जालमा भने उनलाई पक्राउ गर्नुपर्ने नपर्ने विषयमा मिश्रित प्रतिक्रिया देखिन्छ ।