पुनर्कर्जा सुविधाः दुई खर्बको लागि आवेदन आव्हान, एक खर्ब १३ अर्बको मात्रै आवेदन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई लक्षित गर्दै राहतस्वरूप २ खर्ब रुपियाँ बराबरको पुनर्कर्जा सुविधा दिन आवेदन खुलाएकोमा रू. १ खर्ब १३ अर्बको माग आएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई असोज मसान्तसम्म सहुलियतपूर्ण ब्याजदरमा पुराना ऋणीलाई एकमुष्ट पुनर्कर्जाका लागि सूचीसहित आवेदन पेश गर्न सूचना दिएको थियो । केन्द्रीय बैंकमा परेको आवेदनमाथि  नियमन विभागले विश्लेषण तथा मूल्यांकन गरेर आगामी मङ्सिरमा पुनर्कर्जा उपलब्ध गराउने गरी काम गरिरहेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार असोज मसान्तसम्म ४४ ओटा बैंक तथा वित्तीय संस्थामार्पmत ऋणीहरूले रू. ७२ अर्ब पुनर्कर्जा मागेका छन् । ‘यसबाहेक ग्राहक ऋणीअनुसारको ४१ अर्ब रुपियाँ माग भएको छ । ४१ अर्बमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशबाट पुनर्कर्जाको आवेदन परेको देखियो,’ उनले भने, ‘अब आवेदन परेकालाई पुनर्कर्जा कार्यविधिअनुसार भए नभएको हेर्ने, विश्लेषण तथा मूल्यांकन गरेर मङ्सिरभित्रै पुनर्कर्जा उपलब्ध गराउने गरी काम भइरहेको छ ।’

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement