हत्या गरेर भागेको २७ बर्षपछि कानुनको कठघरामा

Advertisement

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी २७ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०५४ कात्तिक १६ गते जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौतिका श्याम खड्कालाई हत्या गरी फरार रहेका मानकाजी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

हत्या गर्दा खड्का १७–१८ बर्षका थिए । सहकर्मीको हत्या गरी भागेका श्रेष्ठ ध्रुवको नामबाट आफूलाई चिनाउँदै आएका थिए । उनको नाममा काठमाडौं जिल्ला अदालतले २०७४ कात्तिक २८ गते वारेन्टसमेत जारी गरेको थियो । रामेछाप पकरवासका श्रेष्ठ अहिले ४७ बर्षका छन् । 

Advertisement

उनलाई बुधबार थसिखेलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । निजलाई आवश्यक कारवाहीका लागि आजै अदालत पेश गरिएको जनाइएको छ । 

Advertisement

Advertisement