सार्क राष्ट्रहरुमा ‘डिजिटल कमन करेन्सी’ अबलम्बन गर्न गभर्नर अधिकारीको प्रस्ताव

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्क राष्ट्रहरुमा डिजिटल कमन करेन्सी अबलम्बन गर्न प्रस्ताव गरेका छन् । बुधबार भएको ४०औं सार्क फाइनान्स ग्रुप मिटिङको भर्चुअल बैठकमा उनले उक्त प्रस्ताव अघि सारेका हुन् । 

सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरु सहभागी उक्त बैठकमा अधिकारीले सार्कका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अबलम्बन गर्न सार्क फाइनान्सस्तरमा अध्ययन गर्नुपर्ने धारणा राखेका हुन् । 

Advertisement

सन् २०२० का लागि सार्क फाइनान्सको अध्यक्षको रुपमा भारतको रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले अध्यक्षता गरेका थिए । बैठकमा 
दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ
भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा
अधिकारीहरू सहभागी थिए । 

कार्यक्रममा रिजर्भ बैंक अफ इण्डियाका दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसि रेस्पोन्स कार्यान्वयन गरेको बताएका थिए । उनले रिर्जव बैंक अफ इण्डियाले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत जानकारी गराएका थिए । 

नेपालका गभर्नर अधिकारीले कोभड–१९ का कारण नेपालको
अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर, त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरुः नीतिगत दरमा कटौती, पुनर्कर्जाको सीमा बृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनीब व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण, पुनर्संरचना लगायतका विषयमा बताएका थिए । 

उनले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा बृद्धि भएको र यसले वित्तीय पहुँचमा बृद्धि हुने धारणासमेत राखेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement