टीभीएस स्ट्राइकर किनेका जनकपुरका रत्नेश बने दसैंको आशा स्किमका पाँचौ हप्ताका विजेता

काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेशकुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेको जनाउँदै जगदम्बा मोटर्सले अब उनले टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्ने जानकारी दिएको छ । 

बिहीबार लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो विजेता घोषणा गरेका हुन् । उनले सप्तरङ कार्यक्रममार्फत टीभीएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए । 

सो अवसरमा नेपाल आइडल विजेता रवि ओडले कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर ३१० बाइक चढ्न पाउने टेलिफोन कलमार्फत सुझाव दिए । उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने जानकारी दिए । 

कर्ण आज टीभीएस दसैंको आशा योजनाअन्तर्गत हरेक हप्ता टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका हुन् । सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टीभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सक्ने बताए । 

यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपियाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । 

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । 

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टीभीएस नेपाल डटकम स्ल्यास दशैं मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । 

यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु भएको जगदम्बाको भनाई छ ।  नेपालमा जगदम्बा मोटर्स प्रालिले टीभीएसका बाइक वा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।