जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित, हार स्वीकार नगर्ने ट्रम्पको संकेत

Advertisement

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडन विजयी भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन् ।  

उनसँग २७३ इलेक्टरल कलेज मत प्राप्त हुने निश्चित भएको छ । २७० पुर्याउने उम्मेदवार विजयी हुने अमेरिकी व्यवस्था छ । चुनावमा विजयी भए पनि आफ्ना प्रतिस्पर्धी डोनाल्ड ड्रम्पले दिएको कानुनी चुनौतिको सामना गर्न बाइडनलाई बाँकी नै छ । 

Advertisement

अमेरिकाको ४६औँ राष्ट्रपति हुन लागेका बाइडनले टम्प जस्ता कट्टर र जटिल मानिसलाई पराजित गर्न सफल भएका हुन् । ट्रम्पले हार स्वीकार नगर्ने संकेत दिएका छन् । 

विजयी भएको निश्चित भएपछि बाइडनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिकले देखाएको विश्वासले सम्मानित र धन्य महसुस गरेको बताएका छन् । निर्वाचन सकिएकाले अब आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर अगाडि बढ्ने बेला आएको उनको भनाई छ । 

यता ट्रम्प सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनेका छन् । उनले निर्वाचन नसकिएको प्रतिक्रिया दिँदै हार स्वीकार नगर्ने संकेत दिएका छन् । 

किन जो बाइडन विजेताको रूपमा घोषणा गर्न हतारिएका छन् ? किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् ? सबैलाई थाहा छ, उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन् भन्दै उनले भनेका छन् ‘सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन।’

ट्रम्पले सोमबारदेखि सहि विजेतालाई पदमा पुर्याउन कानुनी प्रक्रिया थाल्ने बताएका छन् । 

Advertisement

Advertisement