उत्कृष्ट क्यामेरा क्षमता र आकर्षक डिजाईनको साथमा भिभोको प्रिमियम स्मार्टफोन भीट्वान्टी एसई नेपालमा

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आइतबार आफ्नो नयाँ भीट्वान्टी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भीट्वान्टी एसई नेपाली बजारमा भित्राएको छ । 

ग्राहकहरुलाई थप विशेषताहरु प्रदान गर्ने प्रतिबद्धताका साथ भिभोले ल्याएको यस फोनले उत्कृष्ट क्यामेरा, आर्कषक डिजाईन र सशक्त प्रदर्शनी गर्ने जनाइएको छ । युवापुस्ता र फेशनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरि भिभो भीट्वान्टी एसई निर्माण गरिएको कम्पनीको भनाई छ । 

Advertisement

यसमा एपी सुपर नाइट सेल्फी क्यामेराको साथ औरा स्क्रिन लाइट रहेको, जसबाट प्रयोगकर्ताहरुले राती वा अध्याँरोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्नेछन् । यस स्मार्टफोनमा रहेको स्लिक म्याजिकल डिजाइनका साथै ७.८३ एमएम थ्रीडी बडीले ग्राहकहरुको जीवनशैलीलाई थप बढवा दिने भन्दै भिभो नेपालले यसमा रहेको ३३डब्ल्यु फ्ल्यास चार्ज क्षमताले ग्राहकहरुलाई दिनभरि स्मार्टफोन सेवालिन सक्षम बनाउने बताएको छ । 
ग्राहकहरुको आवश्यकताअनुरुप भीट्वान्टी एसईमा उत्कृष्ट क्यामेरा प्रविधि, बेजोड प्रदर्शनीको साथमा किफायती मूल्यमा उपलब्ध रहेको भिभो नेपालको भनाई छ । कम्पनीले सेल्फीप्रेमी र नयाँ फोटोग्राफी ट्रेन्डहरुलाई ध्यानमा राख्दैँ ग्राहकहरुलाई हाम्रो उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्ने निरन्तर प्रयासको एक सफल उदाहरण भीट्वान्टी एसई स्मार्टफोन भएको बताएको छ ।

सुपर नाईट मोड र स्ुपर वाईड एन्गलको साथमा उत्कृष्ट क्यामेरा
भिभो भीट्वान्टी एसईमा रहेको ३२ एमपी सुपर नाइट सेल्फीले थोरै प्रकाश भएको अध्यारो स्थानमा पनि उत्कृष्ट तथा स्पष्ट विवरण रहेको तस्बिरहरु लिन सकिन्छ । यसमा सुपर नाइट सेल्फी, औरा स्क्रिन लाइट, मल्टि स्टाइल पोट्रेट, अफ फेस ब्यूटी, प्रोफेसनल पोट्रेज जस्ता मोडमा उत्कृष्ट तस्वीरहरु खिच्न सकिन्छ । 

यसमा रहेको ४८ एमपी अल ट्रिपलले फोटोग्राफीप्रेमीहरुलाई आफ्नो शक्तिशाली फिचरहरुको सहायताबाट लोभलाग्दो र स्पष्ट तस्बिरहरु लिन सक्षम बनाउँछ । दिनदेखि रात, ल्याण्डस्केपदेखि पोटे«ट सबैमा जिवन्त विवरणहरुका साथ तस्वीर कैद गर्न सकिने भिभो नेपालले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । 

यसमा सुपर नाइट मोड, सुपर वाइड एङगल, सुपर माक्रो, अल्ट्रा स्टाबल भिडियो, भिडियो फेस ब्यूटी जस्ता मोडहरु रहेका छन् । 


भीट्वान्टी एसईले पातलो र आधुनिक डिजाईन, चमकदार र रुचीपूर्णका साथ लक्जरीलाई परिभाषित गर्दछ । हजारौं विकसित जीवनशैलीलाई एक साथ प्रभाव पार्ने यस स्मार्ट फोन ७.८३ मिमि स्लिक डिजाईन र थ्रीडि बडीले अन्य उपकरण भन्दा पृथक देख्न सकिन्छ । यो उपकरण हलुका हुनाले हत्केलाले आरामसँग समात्न सकिने कम्पनीको भनाई छ । यसको थ्रिडि बडी उच्चपोलिमर जस्ता सामग्रीले निर्माण गरेको हुनाले आनन्ददायी, स्मुथ तथा प्रिमियम गुणस्तरको आभास हुन्छ ।   


मानिसको रुची र शैलीले गर्दा भीट्वान्टी एसई दुई उत्कृष्ट कलर ग्रयाभिटी ब्लयाक र अक्सिजन ब्लुमा आएको जनाइएको छ । यसमा फेसनको तत्वहरुलाई मिश्रित गरी एक सुव्यवस्थित आधुनिक प्रविधिलाई समाबेसीकरण गरिएको भिभोको भनाई छ ।  


यसमा रहेको ६.४४ इन्च (१६.३७ सेमि) १०८० पिक्सेल एमोलिड, हलो फुलभ्यू डिस्प्लेले गर्दा जीवनको वास्तविक रंग ल्याउँछ भन्दै कम्पनीले यसमा ९०.१२ प्रतिशत बडी र स्क्रिनको अनुपात रहेको, यसले समग्रमा १६ मिलियनभन्दा बढी चहकिलो, विश्वसनीय र गतिशिल रङ्गहरु प्रदर्शन गर्ने, डिस्प्लेको चमक अटोरुपमा समायोजित गरिएको, आँखाको लागि मृदु रहेको र अधिकरुपमा सबै कुरा हेर्न सकिने रहेको जानकारी दिएको छ । 

यसमा अनलक गर्नको लागि भिभोको एड्भान्स टेक्नोलोजी रहेको छ । डिस्प्लेमा थोरै स्पर्श गर्दा पनि सजिलै अनलक हुन्छ । सुन्दर एनिमेशनको दायरालाई फराकिलो बनाउन अन्वेषणको थप विकल्पहरु प्रदान गर्ने भन्दै भिभोले भीट्वान्टी एसई एक प्रिमियम फ्लागशिप उपकरण भएको दावी गरेको छ । 

परिवर्तित वातावरणलाई ध्यानमा राखेर केही सुविधाहरु होसियारीका साथ प्रयोगमा ल्याईएको कम्पनीको भनाई छ । भीट्वान्टी एसई कालकाँम स्नेप ड्रैगन टिएम ६६५ प्रोसेसरद्धारा संचालित रहेको र यसमा रहेको ८ जिबी ¥याम र १२८ जीबी रोमले गर्दा एप्लिकेशन र गेमहरु उत्कृष्टरुपमा प्रदर्शन गर्न सकिने जनाएको छ । 

भीट्वान्टी एसईमा ४१०० एमएच व्याट्रिद्धारा ३३ वा फ्ल्यासचार्जको साथ समर्पित छ । कडा व्याट्रि र फ्ल्यासचार्ज समर्थनको साथ प्रयोगकर्ताहरुले अधिक सुविधाजनक मोवाईलको अनुभव लिन सक्दछन् । आफैलाई विभिन्न परिदृष्यहरुमा रेकर्ड गर्न सक्दछन् । भिभोको उन्नत ३३ वाट फ्ल्यासचार्ज टेक्नोलोजी अहिले ५० प्रतिशतले छिटो छ भने आठ सुरक्षाको साथ आउदैछ । मात्र ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुने तथा एक घण्टा भन्दा कम समयमा फुल चार्जको मज्जा लिन सकिने जनाइएको छ ।  

यसमा मल्टी टर्बाे सुविधा टर्वाे टेक्नोलोजीको साथ अप्टिमाइज गरिएको छ । यसले भीट्वान्टी एसइको समग्र प्रदर्शन बढाउँदछ ।  भिभो बहु टर्बाे सफ्टवेयर र हार्डवेयर अप्टिमेट गर्न प्रणालीस्तरमा काम गर्दछ । विस्तारित गती, दक्षता र रणनीति प्रदान गर्दै यसमा एआई टर्बाे, नेट टर्बाे , खेल टर्बाे, कुलिङ टर्बाे, सेन्टर टर्बाे र एआरटी ++ टर्बाे समाबेश गरिएको छ । 

यस फोनमा रहेको मेमोरी रिकलर सुविधाले प्रयोगकर्ताहरुलाई उनीहरुको पुरानो सम्झनाहरु पुनः प्राप्त गर्न सहज बनाउँछ । यसमा उल्लेखनीय सुविधाले तुरुन्त धमिलो पुरानो फोटोहरुमा स्पष्टता पुनस्थापित गर्दछ  र स्मार्ट कलरिङ उपकरणको सहायताले कायाकल्प गराउने भिभोको भनाई छ । नेपालमा यसको मूल्य ३९ हजार ९९९ कायम गरिएको छ । 

Advertisement

Advertisement