पुस्तकमा लगाइएको कर घटाएकोमा धन्यवाद, अब विद्युतीय गाडिमा घटाउः थापा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले  विद्युतीय गाडीमा बढाइएको कर घटाउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पुस्तकमा लगाइएको कर घटाएकोमा सरकारलाई धन्यवाद दिँदै अब विद्युतीय गाडिमा घटाउन आग्रह गरेका हुन् । 

थापाले लेखेका छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठीक थिएन। ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद । अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तीमा पूरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’

Advertisement

पूर्ववर्ती युवराज खतिवडाले पुस्तकमा लगाएको कर अर्थमन्त्री विष्णु पौडेलले घटाएका हुन् । अब विद्युतीय गाडीमा पनि घटाउन थापाको सल्लाह छ । विशाल ग्रुप नामक एक व्यापारिक घरानाको स्वार्थमा चकलेटमा घर घटाइएको तर विद्युतीय गाडिमा बढाइएको भन्दै खतिवडाको चौतर्फी विरोध भएपछि यस्ता गाडिमा लाग्ने करमा दुई महिनाअघि केही घटाइएको थियो । 

Advertisement

Advertisement