टीसीएलको फोरके स्मार्ट टिभी नेपाली बजारमा

Advertisement

काठमाडौं । विश्व बजारमा उत्पादनका आधारमा दोस्रो ठूलो ब्राण्डको रुपमा परिचित टीसीएलको फोरके स्मार्ट टिभी नेपाली बजारमा भित्रिएको छ । नेपालमा पनि पछिल्लो समय टीसीएलका विद्युतीय उपकरणको माग बढिरहेको बेला पी ७१५ र पी ६१५ एन्ड्रोइड टिभीहरु नेपालमा भित्राइएको हो । 

विगत तीन बर्षमको तुलनामा टीसीएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको नेपालका लागि टीसीएलको बिक्रेता चौधरी ग्रुपको ईओएल प्रालिले जनाएको छ । नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु बिक्री गर्दै आएको छ । 

Advertisement

टीसीएल ल्याएको नयाँ एन्ड्रोइड टिभीहरु मध्यम दायराका रहेको जनाउँदै कम्पनीले यस श्रेणीका सबै मोडलहरुमा फोरके रेसोलुशन स्क्रिन र एन्ड्रोइड टिभीको सफ्टवयर रहेको छ । 

यसका विशेषताहरुः 
कम्पनीका अनुसार यी टिभीहरु आर्टिफिसियल इन्टेलिजेन्सद्धारा सञ्चालित छन् । फार फिल्ड भ्वाइस पनि पहिचान गर्ने टीसीएलका यी टिभीमा रहेको प्रविधिले कोठा वरिपरि भएका अवाजहरुको कमाण्ड समाउन चार बाट मोबाइल फोनको प्रयोग गर्छ जसले गर्दा रिमोटको बटन प्रेस गर्ने ज़रुरत पर्देन ।अर्थात  रिमोटमा अवाज दिनुपर्देन । यो विशेषता पहिलोको टीसीएलको टेलिभिजनमा समेत रहेको थियो । भ्वाइस कमाण्ड दिन रुचाएका ग्राहकहरुलाई यो धेरै सहज हुने जनाइएको छ ।

यो टिभी ७५ इन्च स्क्रीन साईजमा उपलव्ध छ । प्राय एन्ड्रोइड टिभीद्धारा संचालित टिभिमा जस्तै यो टिभीको विशेषता गुगल एसिस्टेन्ट संग काम गर्नेछ । प्रायः सबै टिभिहरु फोर फोरके हुन्छन् । सम्भवतः यो एन्ड्रोइड टिभीको पहिल्लो संस्करण नाइनपाइमा संचालित हुनेछन् । यसमा एचडीआर पनि हुन्छ। हाई डाइनामिक रेन्जका लागि लागि एचडीआर१० फरमेटमा रहेको कम्पनीको भनाई छ ।
ग्राहकले एप्स तथा गेम्स इन्स्टल गर्न चाहेमा यस टिभीमा रहेको गुगल प्ले स्टोरले मद्दत गर्नेछ । टिभीका केही मोडेलहरु भिडियो कलका लागि पपअप क्यामरासहित आएका छन् । अडियो क्षमता बढाउनका लागि डब्ली अडियो सर्पोट समेत यस टिभी सेरिजमा उपलव्ध छ ।

Advertisement

Advertisement