बिहारमा फेरि मोदी-नीतीसको गठवन्धन बिजयी, काँग्रेसको दयनीय अवस्था

Advertisement

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय प्राप्त विहारमा फेरि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी( बीजेपी) नेतृत्वको एनडीएले चुनाव जित्न सफल भएको छ । यस गठवन्धनमा वर्तमान मुख्यमन्त्री नीतीस कुमारको दल जनता दल युनाइटेड (जेडीयू) पनि छ । उक्त गठवन्धनले १२५ सिट हात पारेको छ । बहुमतका लागि १२२ सिट आवश्यक पर्छ । 

चुनावमा त्यहाँका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्बी यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धन बहुमत पुर्याउन असफल भएको छ भने भारतीय राष्ट्रिय काँग्रेसको अवस्था अहिले पनि दलनीय रहेको छ । उक्त दलले जम्मा १९ सिट हात पारेको छ भने आरजेडीको गठवन्धनले ११० सिट ल्याएको छ । 

Advertisement

यसअनुसार फेरि बिहानमा नीतीस कुमार कै नेतृत्वमा सरकार बन्ने देखिएको छ । बिहानमा तीन चरण गरेर चुनाव भएको हो । सत्तारुढ गठवन्धनमा बीजेपीले ७४ सिट प्राप्त गरेको छ भने नीतीशको जेडीयूले ४३ सिट र हिन्दुस्तान अवाम मोर्चा (हम) तथा विकासशील इन्सान पार्टी (भीआईपी)ले ४–४ सिट जितेका छन् । 

महागठबन्धनमा रहेका कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सिस्ट–लेनिनिस्ट)ले १२, कम्युनिस्ट पार्टी अफ इन्डियाले २ र कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सिस्ट) ले २ सिट जितेका छन् । 
 

Advertisement

Advertisement