रिकन्डिसन गाडी किन्नेको हटस्पट बन्दै सिप्रदी एस्योर्ड

Advertisement

काठमाडौं । झन्डै १० वर्षदेखि रिकन्डिसन गाडीहरु खरिद बिक्री गर्दै आएको सिप्रदी एस्योर्डले टाटा मोटर्सलगायत अन्तर्राष्ट्रिय ब्राण्डका ठूलादेखि साना गाडीहरु किन्ने ग्राहकलाई किनबेच तथा एक्सचेन्ज सुविधा र सेवा दिँदै आइरहेकोमा यस्ता गाडि किन्नेहरुका लागि सिप्रदी एस्योर्ड हटस्पट बनेको सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ । 

सही मुल्यांकन र सही मूल्यमा गाडी किनबेच गर्ने र आवश्यक सल्लाह र परामर्श पनि दिने भएकोले सिप्रदी एस्योर्ड ग्राहकहरुको रोजाईमा परेको सिप्रदी कम्पनीको भनाई छ । यस बर्षका चाडपर्वलाई लक्षित गर्दै गाडी किन्न खोज्ने, मोटरसाइकलबाट गाडीमा अपग्रेड गर्न खोज्ने ग्राहकहरुलाई ध्यानमा राखेर व्हील्समा डिल्स्स अफर दिइएको छ । 

Advertisement

यो अफरअन्तर्गत रिकन्डिसन गाडीहरु खरिद गर्न इच्छुक ग्राहकहरुलाई फाइनान्स सुविधा, आर्थिक वर्षको गाडीको कर फ्रि, नामसारी र एक्सचेन्ज सुविधाको व्यवस्था गर्दै आइरहेको छ । यसका साथै गाडीको मूल्यहरुमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ ।

सिप्रदी एस्योर्डका सह(महाप्रबन्धक ध्रुव रेग्मीकाअनुसार सामाजिक दुरी कायम गर्न भएपनि अहिले ग्राहकहरुको रोजाईमा रिकन्डिसन गाडीहरुको आकर्षण बढिरहेको छ । त्यसैले ग्राहकहरुलाई रिकन्डिसन गाडीहरुको खरिदमा सहजता ल्याउन र यो चाडपर्वको समयलाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरुको लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको छ । 

सिप्रदी एस्योर्डले ग्राहकहरुले गाडीमा लगानी गर्दा उच्च भ्यालु प्राप्त होस् भन्ने उद्देश्यमा निरन्तर काम गरिरहेको जानकारी दिँदै रेग्मीले सिप्रदी एस्योर्डबाट गाडी किनेर सन्तुष्ट ग्राहकहरुले अरुलाई पनि रिफर गर्ने चलन बढ्दो क्रममा रहेको बताएका छन् । 

रिकन्डिसन गाडी किन्न सोची रहका ग्राहकहरुले गाडीहरुको बारेमा बुझ्न र टेस्ट ड्राइभ गर्नको लागि थापाथलीस्थित सिप्रदी एस्योर्डको शोरूम जान सकिने वा ९८०१९०२०६३ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement